लेखनाथ महोत्सव सोमबार सकिदैं

लक्ष्यभन्दा बढी सफलता हाँसिल गरेको विश्वास

कास्की | पुस १३, २०८२

लेखनाथ महोत्सव सोमबार सकिदैं

कविराज खनाल, कास्की ।

लेखनाथस्थित तालचोकमा पुस ३ गतेदेखि सञ्चालन हुँदै आएको २१ औं महोत्सव लक्ष्यभन्दा बढी सफल भएको विश्वास व्यक्त गरिएको छ ।
 

महोत्सव अवधिभर १० करोड भन्दा बढी आर्थिक कारोबार भएको र करिब ३ लाख १० हजार दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरेकाले लक्ष्यभन्दा बढी सफलता भएको लेखनाथ उद्योग वाणिज्य संघले जनाएको हो ।

 

महोत्सव सोमबार (पुस १४ गते) पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा समापन हुँदैछ ।

 

‘महोत्सवको पनि महोत्सव’ का रूपमा परिचित लेखनाथ महोत्सवले यस क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । 


यस वर्षको महोत्सवमा मनोरञ्जनसँगै साहित्य, संस्कृति, कृषि, प्रविधि र शिक्षा क्षेत्रलाई समेट्ने विविध कार्यक्रमहरू सञ्चालन गरिएका थिए ।

 

महोत्सव अवधिभर साहित्यिक गोष्ठी, महिला विशेष कार्यक्रम, विद्यालयस्तरीय प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जैविक विविधता सम्बन्धी प्रदर्शनी, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि तथा शैक्षिक प्रदर्शनी, हस्तकला तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी प्रमुख आकर्षणका रूपमा रहेका थिए। यसका साथै विभिन्न जातजातिका लोपोन्मुख रीतिरिवाज, चालचलन तथा सांस्कृतिक पहिचान झल्काउने उत्कृष्ट नृत्य तथा सांस्कृतिक प्रस्तुत गरिएको थियो ।

 

महोत्सवमा देशभरबाट ख्यातिप्राप्त हास्यव्यङ्ग्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी गीत कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट, बाल उद्यान तथा खाना महोत्सवले दर्शकको उल्लेखनीय सहभागिता र उत्साह बढाएको थियो। विशेषगरी स्थानीय परिकार तथा कृषि उत्पादनको प्रवद्र्धनले स्थानीय व्यवसायी र कृषकहरूलाई प्रत्यक्ष लाभ पुगेको आयोजक समितिले जनाएको छ ।

 

२१ औं सस्करणको लेखनाथ महोत्सवले यस क्षेत्रको पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन सफल भएको र यस्ता महोत्सवले सामाजिक एकता, सांस्कृतिक संरक्षण र आर्थिक विकासमा टेवा पुर्याउने ,स्थानीय तहको तर्फबाट आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा विकासमुखी कार्यक्रमलाई निरन्तर सहयोग हुने महोत्सवकी मूल संयोजक अध्यक्ष जानुका पराजुली अधिकारीले बताइन् ।  

 

आयोजकका अनुसार महोत्सवले स्थानीय कला, संस्कृति र उत्पादनको प्रचार–प्रसार गर्नुका साथै पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा आर्थिक चलायमानता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । महोत्सव अवधिभर लाखौ दर्शकले अवलोकन गरेको र अपेक्षाभन्दा उत्साहजनक सहभागिता देखिएको महोत्सवका संयोजक धु्रवबाबु भटट्राईको दाबी रहेको छ ।

 

कार्यक्रममा विभिन्न संघसंस्था, कलाकार, स्वयंसेवक, प्रायोजक तथा सहयोगीलाई सम्मानसमेत गरिने आयोजक समितिले जनाएको छ । सफल आयोजनाका लागि स्थानीयबासी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सबै सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेका छन् ।

 

एघौरौ दिनमा २२ हजार दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरेको र आर्थिक कारोबार करिव ९० लाख रुपैयाको आर्थिक कारोवार रहेको संयोजक धुवबाबु भटट्राईले जानकारी दिए ।

 

महोत्सव अवधिभर १० करोड भन्दा बढी आर्थिक कारोबार भएको र दर्शक ३ लाख १० हजारले महोत्सव प्रत्यक्ष अवलोकन गरेका छन् । 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्